२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

तीनकुने घटनामा महानिरीक्षक अर्याल भन्छन् : शव निकाल्न त जोखिम मोल्छौँ, जीवित मान्छेको उद्धार नगर्ने भन्ने कुरै हुँदैन

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनाका क्रममा आगलागी भएको भवनमा पटक पटक पुग्दा पनि सुरेश रजक नभेटिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘आगलागी भएको भवनको तीन तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको रहेछ । धेरै पटक पुग्दा पनि भेटिएन । दमकलमा नै आगो लगाउने प्रयास गर्दा समस्या भयो । भित्र मान्छे छ भन्ने आशा गरिएन । तल आउँदा पनि निस्सासिएको अवस्था थियो । मृत्यु भएको शव निकाल्न त जोखिम मोलेर गरिने गरेको छ भने जीवित छ भन्ने थाहा भएको भए उद्धारमा नजाने भन्ने कुरै हुँदैन ।’

उनले राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्‍याएको, ग्याँस गन लुटिएको लगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको जिकिर गरे । ‘सुरुमा नै सभास्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो । सुरक्षा फौजले न्यून क्षतिमा गरेको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ । यस्तो अवस्थामा प्रश्न उठ्न जरुरी छ । कम क्षतिमा काम गर्ने प्रयास गरेका छौं । ’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट