२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

नेसनल प्याब्सनको आयोजनामा पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टरको सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ।

उक्त कार्यशालामा देशभरका पूर्व प्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरू तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो। कार्यशालाको उद्देश्य २१औं शताब्दीको पूर्व प्राथमिक तहको पाठ्यक्रमलाई आधुनिक, प्रभावकारी र बालमैत्री बनाउने रहेको थियो। सहभागीहरूले शिक्षण पद्धति सुधार, नवीनतम सिद्धान्तहरूको उपयोग, शैक्षिक सामग्रीहरूको प्रभावकारी प्रयोग तथा बालबालिकाको समग्र विकासमा केन्द्रित विषयहरूमा अन्तरक्रिया गरे।

काठमाडौं विश्वविद्यालयका शिक्षा विज्ञ तथा विशिष्ट प्राध्यापकहरूले नेपालको बाल विकास तथा शिक्षा पाठ्यक्रमलाई आधार मानेर ० देखि ८ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यक्रम निर्माण सम्बन्धी सल्लाह तथा मार्गदर्शन प्रदान गरे। वर्तमानमा निजी विद्यालयहरूमा लागू भइरहेका पाठ्यक्रमलाई पुनरावलोकन गरी २-३, ३-४, ४-५, ५-६, ६-७, र ७-८ वर्षका बालबालिकालाई लक्षित गरी पाठ्यक्रम विकास गर्ने योजनाबारे छलफल गरिएको थियो।

कार्यशालाका सहभागीहरूलाई शैक्षिक अनुसन्धान, अभिप्रेरणात्मक कक्षा तथा गतिशील गतिविधिहरू प्रदान गरिएको थियो, जसले नेपालको पूर्व प्राथमिक शिक्षा प्रणालीमा समग्र सुधार ल्याउने अपेक्षा गरिएको छ। काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेसनल प्याब्सनले निर्माण गरेको प्रस्तावित पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ। साथै, देशभरका विद्यालयहरूमा कार्यान्वयनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरी शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्ने योजना रहेको नेसनल प्याब्सनले जनाएको छ।

शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही र नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाले कार्यशालाको सफल समापनको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट