२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमानको दाबी: लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा उनले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत्को सुविधा पु¥याउन सफल भएको बताए । “निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो”, घिसिङले भने, “यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ ।”

आव २०७२\७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब रु ३५ अर्ब रहेको र सोही आवको मात्रै घाटा करिब रु नौ अर्ब रहेकोमा आव २०७३र७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आव २०८०\८१ सम्ममा सञ्चित नाफा करिब रु ४७ अर्ब पुगेको उहाँले जानकारी दिए। आव २०७२\७३ मा प्राधिकरणको कूल सम्पत्ति करिब २११ अर्ब रुपैयाँ रहेकामा हाल करिब ६४४ अर्ब रुपैयाँ पुगेको छ । यो नाफा महसुल वृद्धि गरेर भएको हैन बरु यस अवधिमा पटक पटक गरी ३ पटकमा करिब २५ प्रतिशत महसुल घटाउँदा पनि भएको नाफा हो ।

प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकमा आव २०७२\७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भुक्तानी गरेकामा पछिल्लो आठ वर्षमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी कुल ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

पछिल्लो आठ वर्षमा प्राधिकरणले मात्र करिब एक खर्ब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ, भने सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रुपैयाँ लगानी गरेको घिसिङले जानकारी दिए । वर्षायाममा समेत विद्युत आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत तीन वर्षदेखि वर्षायाममा भारतमा विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको उनको भनाइ छ ।

गत आवबाट विद्युत् आयातभन्दा निर्यात बढी गरी करिब १७ अर्बको विद्युत् निर्यात भएको थियो । साथै नेपालसँग सीमा नजोडिएको तेस्रो देश बङ्गलादेशसम्म पनि गत नोभेम्बरबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु भएको छ । आव २०७२\७३ मा करिब २६ प्रतिशत विद्युत् प्रणालीको चुहावट रहेकामा आव २०८०\८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्त भएको जानकारी दिँदै घिसिङले यसबाट प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो योगदान पुगेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट