२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि ठूलाे अन्याय भएकाे छ : रवि

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने भएका छन् ।

रविले समाजिक सञ्जालमा लेखेका छन् :

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।

म माथि ठुलो अन्याय भएको छ ।

चितवनको सभा नरोक्नुस्।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश आज भएको हो ।

यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट