
काठमाडौं । हिजो राती काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।
प्रहरी स्रोतका अनुसार रविलाई विमानमार्फत भैरहवा लगिन लागिएको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
आदेश लगत्तै प्रहरीले रविलाई उनकै निवासमा पुगेर पक्राउ गरेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend