काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।
उनलाई आज बिहान यती एयरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे लाछिानेलाई त्यहाँ पुर्याइएको हो।
रविलाई प्रहरीले शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनलाई अब जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई मंगलबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस