२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन जारी

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन अहिले जारी छ ।

शनिवार बिहानबाट नै बारको निर्वाचन शुरु भएको हो । निर्वाचन सर्वोच्च अदालतको परिसरमा शुरु भएको हो । एशोसिएशनको २७ औं केन्द्रिय कार्य समितिको निर्वाचनका लागि मतदान जारी रहेको र निर्वाचन साँझ ४ बजेसम्म गर्न पाउने बताइएको छ ।

बारको अध्यक्षमा यस पटक पाँच जनाको उम्मेदवारी रहेको छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षमा नै अन्य तीन स्वतन्त्र उम्मेदवारी परेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट