शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

विदेशी वस्तुको व्यापारबाट देश समृद्ध हुन सक्दैनः उद्योगमन्त्री

विदेशी वस्तुको व्यापारबाट देश समृद्ध हुन सक्दैनः उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताए।

नेपालमा उत्पादिन वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउनसक्ने उनको भनाइ छ । उनले नेपाल छिमेकी ठूला दुई राष्ट्र चीन र भारतको बजार बनेको तर नेपालले वस्तु उत्पादन गरेर ब्राण्डिङ गर्न नसक्दा समस्या आएको बताए । उनले वस्तु आयातबाट भएको नाफाबाट राजधानीमा घर बनाएर सुखसयलमा बसेर मात्रै समृद्ध हुन नसक्ने बताए ।
उनले भने, ‘हाम्रो उत्पादन नहुँदासम्म जे जे कुराको हामीसँग सम्भाव्यता छ त्यो कुराको व्यापार नगर्दासम्म हाम्रो व्यापार धरासायी नै हुन्छ । हामी केवल ट्रेडिङ गरी राख्या छौँ, आज तुलना गरौँ इण्डियाको सबैभन्दा ठूलो ट्रेडिङ नेपाल हो, चाइनाको पनि ठूलो ट्रेडिङ नेपाल हो । तर हामीले कस्लाई ट्रेडिङ बनाउन सक्यौँ । या हामीले हाम्रो व्यापारको विविधिकरण गर्ने कुरा व्यापारको प्रमोशन गर्ने कुरा, हाम्रो वस्तुको ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने, लेवलिङ गर्ने कुरा हामीले सक्यौँ त सीमासँग व्यापार गरेका साथीहरुसँग मेरो आग्रह छ यहाँहरुले वस्तुको ट्रेडिङ गर्दा तपाईले मुनाफा गरिसकेपछि कुनै न कनुै उत्पादनमा तपाईको लगानी त हुनै पयो नि । फेरि त्यही काठमाडौं पाँच तले घर बनाएर तपाईको व्यापार वृद्धि हुन्छ र हामीले त व्यापार केवल आफ्ना लालाबालालाई सुखसयल राख्ने कुरामा मात्रै सीमित गरौँ अनि त्यताबाट वस्तु आएन हाम्रो व्यापार डुब्यो यिनै गीत गाएर हाम्रो व्यापार समृद्ध बन्छ? ’

मन्त्री भण्डारीले नेपालमा उत्पादन भएका ५ हजार वस्तु चीनमा बिना भन्सार दरमा नेपालले निर्यात गर्न पाउने चीनसँग सम्झौता भएकाले नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न आग्रह गरे ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend