logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ 

    श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ 

    5.5K
    Shares

    झापा। झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।

    प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।

    बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend