२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

मुख्यमन्त्री कप भलिबल आजदेखि, प्रथम हुनेलाई तीन लाख

आइतवार , चैत्र २३, २०८१

भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।

आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । कोशी प्रदेश भलिबल संघले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार तथा चौथो हुने टोलीले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । विधागत रुपमा उत्कृष्टलाई जनही ५० हजार पुरस्कार प्रदान गरिनेछ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट