२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

उपत्यकाको वायु प्रदूषण अझै अस्वस्थकर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । आइक्यू एअरका अनुसार आइतबार बिहान काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

एक सातादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अस्वस्थकर रहँदै आएको हो ।

अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २११ रहेको छ ।

भारतको दिल्ली पहिलो स्थानमा छ । त्यहाँको एक्यूआई २९० रहेको छ ।

यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ त्यहाँ १९९ एक्यूआई छ ।

लामो समयदेखि पानी नपर्दा र नेपालका विभिन्न जंगलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट