काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस