२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन् ।

आईतवार ललितपुरमा ललितपुर म.न.पा. १६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए । उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्नसकने विश्वबाट आउने पर्यटकहरुले नेपलको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्नसक्ने बताए । सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले भने, ‘हाम्रो विविधतापूर्ण संस्कृति छ । यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भुमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ । त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ । हिमालदेखि समुन्द्रको सबैभन्दा होचो सतह, जम्मा ६०—७० मिटर सतहमा भएको केचनकवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडिबुटी, जंगल, जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ । विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यसको हामीले ग्लोवल एड्भोकेसी गर्नुपर्नेछ । यसको विश्वव्यापी प्रचार र ब्राण्डिङ गर्नुपर्नेछ । त्यसो हुनसके संसारभरका मानिसहरु यहाँ आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुने र यसको ररस्वादन गर्ने काम गर्न सक्छन् । हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरु छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरु छन् । यो अभौतिक सम्पदा, भौतिक र अभौतिक स्म्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा लिएर जानुपर्नेछ ।’

मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरु पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट