काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्।
आईतवार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नव वर्ष २०८२ सालको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरावलोकन गर्न जरुरी रहेको बताए। उनले डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म मुलुकमा पारदर्शिता कायम नहने भन्दै नेपाललाई डिजिटलाइजेसनमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताए।
उनले भने, ‘वास्तवमा जनतालाई अधिकार दिलाउने सन्दर्भमा संघीयता परिस्कृत स्वरुप हो । तर हाम्रो संघीयता बोझिलो छ । हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ । डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म यो मुलुकमा पारदर्शिता कायम हुने स्थिति हुदैन । त्यसैले अब हामीले नेपाललाई डिजिटलाइजेसनमा लिएर जानुपर्छ ।’
उनले खर्चिलो र बोझिलो भएको संघीयतालाई छरितो बनाउन सांसद, मन्त्रिमण्डल, प्रदेश र स्थानीय तहहरुको संख्या समेत घटाउनुपर्ने बताए । उनका अनुसारसांसदको संख्या २७५ बाट २०१ मा तथा केन्द्रिय मन्त्रिमण्डल २५ बाट १५ मा झानुपर्नेमा जोड दिए । प्रदेश संख्या एक तिहाई घटाउँदै मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रशानमन्त्री मात्र राख्नुपर्ने बताए । राजनीतिक संरचना छरितो भएमात्र प्रशासनिक संरचनाहरु छरितो हुने बाटो खुल्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस