२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तले पूजाअर्चजना गरेका छन् ।

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् ।

मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिईरहेका छन् । मन्दिर आज राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर विसं १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षेत्रीले स्थापना गरेका त्यहाँ रहेको शिलालेखमा उल्लेख छ। मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट