बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार

काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

सभापति देउवाले आईतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो । सभापति देउवाले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन समेत ब्यक्त गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend