२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज २०८१ साल चैत २५ गते सोमबारको राशिफल

सोमवार , चैत्र २४, २०८१

मेष : तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरेको छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ।

वृष : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा उदयमान चन्द्रमाले भ्रमण गर्दैछन्। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन सामान्य छ। लगानीका क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यावहार गर्दा सचेत बन्नुपर्नेछ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ।

कन्या : दिन राम्रो छ। कामको बोझ बढ्दै जानेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। मन शान्त बन्नेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : ठुला व्यक्तिको आर्शिवाद लिएर कामको सुरुवात गर्नुपर्नेछ। शिक्षाका क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ। परिवारमा घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : मन प्रशन्न बन्नेछ। योजना सफल बन्नेछन्। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको कामको जस अरुले नै लिने जोखिम छ। मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा योजना अगाडि नबढाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। समाजमा इज्जत बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मन अशान्त बन्ने जोखिम छ। आफन्तले तपाईंले गरेको काममा टिप्पणी गर्नेछन्। राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मीन : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ। बोल्दा नम्र बन्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट