२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज पनि काठमाडौं उपत्यकाको वायु अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । आज पनि काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्यांक अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ ।

अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा भने भारत दिल्ली रहेको छ । त्यहाँको एक्युआई ३२३ छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

लामो समयदेखि पानी नपर्दा र वन जंगलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या भैरहेको छ ।

वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट