
काठमाडौं । आज पनि काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्यांक अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ ।
अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा भने भारत दिल्ली रहेको छ । त्यहाँको एक्युआई ३२३ छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
लामो समयदेखि पानी नपर्दा र वन जंगलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या भैरहेको छ ।
वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend