२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

मौसम : काठमाडौंमा मंगलबारदेखि वर्षा, आजको अवस्था कस्तो ?

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज काठमाडौंको मौसममा मा आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकामा वर्षाको सम्भावना छैन । भोलिबाट भने काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबारभन्दा बुधबार काठमाडौंमा धेरै वर्षा हुने सम्भावना रहेको छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ ।

विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट