
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend