
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ परेका थिए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा उनी पक्राउ परेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend