सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

काठमाडौं महानगरपालीका का मेयर देखी कर्मचारी सम्मले पाए ३ महिनाको तलब

काठमाडौं महानगरपालीका का मेयर देखी कर्मचारी सम्मले पाए ३ महिनाको तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार, कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend