२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

काठमाडौं महानगरपालीका का मेयर देखी कर्मचारी सम्मले पाए ३ महिनाको तलब

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार, कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट