२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।

उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो । सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट