सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ: उपमहासचिव ज्ञवाली

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ: उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुयाउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गरे । विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षीण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ । उनले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमाी उनको जोड छ ।

उहाँले भने, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरु हौं । नजिकको साथी भएको हुनाले कहिले कहीँ केही इस्युहरुमा समस्याहरु देखा पनि पर्नसक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनैपनि विषय छ जस्तो मलाई लाग्दैन । विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेका छन् । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षीण एशियालाई अझै बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्नका निम्ति आह्वान गरिरहेको छ । भारतले जसरि तरक्कि गरिरहेको छ त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसावले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरुसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरुको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रुपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगि बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।’

फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend