२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

बेलायतमा सक्रिय पत्रकार चिरन शर्मा प्रतिष्ठित 'सिभिक अवार्ड' द्वारा सम्मानित

मंगलवार , चैत्र २५, २०८१

लन्डन । बेलायतमा पत्रकारितामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहेका पत्रकार चिरन शर्मा ‘स्पेल्थोन सिभिक अवार्ड २०२५’ द्वारा सम्मानित भएका छन्।

उक्त सम्मान लन्डनस्थित स्पेल्थोन सिभिक अवार्ड ट्रष्टले सोमबार साँझ स्ट्यान्समा आयोजना गरिएको विशेष समारोहका बीच प्रदान गरिएको हो।

सन् १९८२ मा स्थापना गरिएको सिभिक अवार्ड ट्रष्टले बेलायती समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकको रुपमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

शर्माले नेपाली संचारमाध्यममार्फत बेलायती नेपाली समुदाय र स्पेल्थोन नगरवासीहरूबीच सामाजिक एकीकरण, सांस्कृतिक समझदारी र बलियो सम्बन्ध स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।

नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष समेत रहेका शर्माले विगत १८ वर्षदेखि नेपालब्रिटेन डट कम नामक समाचार पोर्टल सञ्चालन गर्दै आएका छन् । उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्यूजका बेलायत संवाददाता समेत हुन्। शर्मा उक्त सिभिक अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन् ।

अवार्ड वितरण समारोहमा सम्बोधन गर्दै स्पेल्थोन काउन्सिलका मेयर मेड वगले समाजमा उल्लेखनीय परिवर्तन ल्याउने कार्य केवल ठूला पदमा रहेका व्यक्तिले मात्र होइन, सामान्य नागरिकले पनि गर्न सक्ने बताउँदै समुदायमा सेवा र्पुयाउने व्यक्तिहरूलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले सम्मानित व्यक्तिहरूको योगदानले स्थानीय समुदाय बलियो भएको उल्लेख गर्दै प्रचारप्रसार नगरी पनि समाजमा ठूलो प्रभाव पार्न सकिने धारणा राखे।

सोही अवसरमा युवा क्लब, बेघर तथा गरिब समुदाय, असहाय सहयोग, व्यवसाय, स्थानीय चर्च तथा वातावरण परिवर्तन जस्ता विविध क्षेत्रबाट समाजमा विशेष योगदान र्पुयाउने एक दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै शर्माले यो सम्मान व्यक्तिगत उपलब्धिमात्र नभई बेलायती नेपाली समुदायले पाएको मान्यता र योगदानको कदरको रुपमा आफुले लिएको बताए। उनले सो सम्मानले आफूलाई समाजको हितका लागि क्रियाशील रहन अरु प्रेरित गरेको उल्लेख गरे।

कार्यक्रममा काउन्सिलका पदाधिकारीहरू, काउन्सिलरहरू, तथा स्पेल्थोन सिभिक अवार्ड ट्रष्टका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट