काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध सभा गर्ने राप्रपाले तयारी गरेको हो ।
विभिन्न स्थानबाट निकालिने विरोध र्यालीले आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्थ हुने पक्का छ । एकातर्फ देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् भने आज हुने राप्रपाको आन्दोलनले ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।
ट्राफिक महाशाखाले सूचना जारी गर्दै आज प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको छ ।
डाइभर्सन गरिने मुख्य स्थानहरु:
- खसिबजार-मकालु-कलङ्की चोक-बाफल ।
- बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकु ।
- कीर्तिपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुना ।
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
– त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरु:
टियू गेटदेखि चोभार सडक ।
सानेपा करिडोर सडक (दुवै तर्फ) ।
चोभार सुख्खा बन्दरगाह ।
नयाँ बसपार्क ।
– सितापाईला-बाफल सडक खण्डमा एक लाइन ।
प्रतिक्रिया दिनुहोस