काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा आज ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आज मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।
प्रतिक्रिया दिनुहोस