बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बल्खु मञ्चबाट राप्रपाको आह्वान : एकजना पत्र काट्न तयार बसेको छ, फोहोर नगर्नुहोला

बल्खु मञ्चबाट राप्रपाको आह्वान : एकजना पत्र काट्न तयार बसेको छ, फोहोर नगर्नुहोला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा आज काठमाडौंको बल्खुमा चलिरहेको छ । बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारीसभा काठमाडौंको बल्खुमा चलिरहेको हो ।

पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई  सभास्थलमा फोहोर नगर्न आह्वान गरिरहेका छन् । बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालिदिनुहोला, फोहोर नगरिदिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ ।’

उनले एक जना भनेर काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई इङ्गित गरेका हुन् । यसअघि राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend