
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् ।
मंगलवार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन । टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उनको आरोप छ । पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेताहरुको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गरेका छन् ।
प्रमुख सचेतक शाहीले भने, ‘अहिले प्रमाणित भयो । सरकार सम्पती तोडफोड गर्ने, जडिबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ । त्यस्ता भिजलान्तेहरु प्रयोग गरेर, झुटा मुद्दा लगाएर हाम्रा साथीहरुलाई थुनिएको छ । पार्टी उपाध्यक्ष रविन्द्र मिश्र र माननीय सांसद धवल समशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथिहरुलाई थुनिएको छ । म सरकारलाई अपिल र अनुरोध गर्न चाहान्छु झुटा मुद्दा लगाएर थुन्ने कोशिस नगरियोस् । यदि थुन्ने कोशिस गरियो भने भोलि हजारौं जनताले तिमीहरुको घर घेर्नेछन् । त्यो दिन भागेर तिमीहरु कहाँ जाने यि झुटा मुद्दाहरु तत्काल फिर्ता गरियोस्। ’
उनले पाटक पटक सत्तामा बसेका नेताहरुले उद्योगभन्दा बेचेर खाएको समेत आरोप लगाए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend