२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गणतन्त्रवादीहरुले पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा उपाध्यक्ष तामाङको चेतावनी

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् ।

मंगलवार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् । उनले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गरे । उनले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा धवल समशेर जवरा जस्तै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पनि मुद्दा चलाउनुपर्ने तर्क गरे ।

सांसद तामाङले भने, ‘म सरकारलाई भन्न चाहन्छु, यदि तपाईहरुले यसरि नै पेल्न थाल्यौ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विधिवत रुपमा सम्मेलन गरेर यो चुनावी प्रक्रिया छोडेर विद्रोहको राजनीति शुरु गर्छौं भन्ने कुरा म भन्न चाहन्छु ।’

उनले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीलाई काम गर्ने मान्छे मन नपर्ने बताए । अहिले मुलुक सेटिङ र विचौलियामार्फत चलिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट