सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आठ महिनामा मुद्रास्फीति ३.७५ प्रतिशत

आठ महिनामा मुद्रास्फीति ३.७५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे चालु आवको आठ महिनाको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो ।

यस्तै, वैदेशिक व्यापारमा यस अवधिमा आयात ११ दशमलव दुई प्रतिशतले र निर्यात ५७ दशमलव दुई प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा नौ दशमलव चार प्रतिशतले र अमेरिकी डलरमा छ दशमलव नौ प्रतिशतले बढेको छ ।

चालु खाता एवं शोधनान्तर स्थितिमा चालु आवको आठ महिनामा शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।

यस्तै, सरकारी वित्त स्थितिमा नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड रुपैयाँ र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय चार दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव नौ प्रतिशतले बढेको छ ।

यस तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चार दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर नौ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सात दशमलव सात प्रतिशत रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend