काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ७०० रुपैयाँले बँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । सुन बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।
यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस