सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सुनको मूल्य बढेको बढ्यै, तोलाको १ लाख ८५ हजार पुग्यो

सुनको मूल्य बढेको बढ्यै, तोलाको १ लाख ८५ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य केही दिनदेखि बढेको बढ्यै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । हिजो बिहीबार तोलामा ५७ सय रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार सुन आज तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend