२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताए। उनले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताए । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ ।

नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे। नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताए । नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने उनको भनाई छ्।

अध्यक्ष दाहालले भने, ‘नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन सकेको छैन । चीनले नेपालको सीमा नजिक रेल मार्ग बिस्तार गरिसकेको छ । त्यसलाई नेपालसँग जोड्ने प्रयास भइरहेको बुझिन्छ । यसलाई नेपालका विभिन्न क्षेत्रसँग जोड्ने कुरामा पनि सकारात्मक छलफल भइरहेको बुझिन्छ । यो परियोजना छिटै व्यवहारमा ल्याउन दुवै देशले कार्ययोजना बनाउनेमा नेपाली जनता ढुक्क छ । यि सकारात्मक पक्षहरु हुन् । जुन नेपालको विकासमा सहयोगी सिद्ध हुनेछन् । दुई देशको मित्रता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल र चीनबीच सहयोगका धेरै क्षेत्रहरु छन् । जुन अध्ययन र अन्वेषण गरी जतिसक्दो छिटो कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । चीनको समृद्धिबाट लाभ उठाउने जिम्मेवारी हामी नेपालीहरुको हो । चीन पनि नेपालको समृद्धिप्रति जिम्मेवार रहेको मैले बुझेको छु । नेपालको समृद्धिका लागि चीन गम्भीर छ । यसलाई व्यवहारमा परिणत गर्न जरुरी छ । आपसी तालमेल र सहयोगात्मक रुपमा विकास कार्यहरु अघि बढाउन नेपाल र चीन दुवै देशका लागि आवश्यक छ । यो दुवै देशको हितमा छ । आशा छ भविष्यमा दुवै देशले अझ बढी महशुस हुनेगरी संयुक्त रुपमा व्यवहारमा उतार्न सफल हुनेछन् । हामी नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्दछ । नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएका छौँ । यसै क्रममा केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ । अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन ।’

अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट