२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य: गृहमन्त्री लेखक

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । तीनकुने भएको घट्नाप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए । उनले तीनकुने घटना अपराधिक र विध्वंशकारी घट्ना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानविन हुने जिकिर गरे। सांसदहरुले घट्नाको सत्यतथ्य छानविन गर्न छानविन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानविन गर्ने बताउ । सार्वजनिक सम्पती लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उन्को भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उन्ले समितिलाई जानकारी दिउ । घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाबी गरे ।

उनले भने, ‘जब मुलुकको फौजदारी कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ, त्यसका बारेमा छानविन अगाडि बढिसकेको छ । आयोजक थाहा छ, त्यहाँ भाषण् गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उदण्डता गरे थाहा छ । यो त अपराधिक गतिविधि हो नि । यसमा सरकारले राज्यका प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानविन निश्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनैपनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरुमा गम्भिरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौं । जो मान्छे दोषि हुन्छ उसका माथि कानूनी कारबही हुन्छ, जो मान्छे दोािष हुदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरु प्रक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढंगले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ।’

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताउदै जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट