२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

तीनकुने घटनाबारे सोधपुछ गर्न पूर्वराजालाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रश्ताव गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रश्ताव राखेका हुन । पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए नभएकोबारे सोध्नुपर्ने उनको भनाइ छ । उनले गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा नागरिकले गरेको स्वागत समेत आवश्यक नरहेको उनको टिप्पणी छ । उनले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई ‘तपाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ? भन्दै प्रश्न गर्नुपर्ने बताए ।

उनले भने, ‘कानून, न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार उल्लङ्घनका विषयमा छलफल गरिरहेका छौं भने अहिले आम नागरिकको रुपमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई गत फागुन २५ गते पोखराबाट फर्किने क्रममा जुन स्वागत गरे जनताले त्यो आवश्यक थियो कि थिएन ? १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? भन्नेबारेमा विभिन्न विचारहरु आउन थालेका छन् । सभापतिज्यु यो विषयमा कुरा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाउँ । यो समितिमा बोलाएर हामीले सोधौं । यो मानव अधिकार उल्लङ्घनको घटना हो कि होइन? तपाईले गरेको हो कि होइन ? तपाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ? यसका बारेमा छलफल गर्न आवश्यक छ ।’

उनले मुलुकमा कुनैपनि प्रकारको अमानवीय र अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको भन्दै सरकारको ध्यानाकर्षण गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट