२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः सांसद प्रधान

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धुर्व बहादुर प्रधानले तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन । उनले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप समेत लगाए । उनले सरकार आफैंले नियोजित रुपमा घटना घटाएर पार्टीका नेताहरुमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गरे।

उनले भने, ‘तीनकुने घटनामा सबै खालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो । हामीले त्यही भनिरहेका छौं । यो सरकारले नियोजित ढंगले गरेको छ । युवा संघहरु जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो पार्टी आफ्नो कार्यक्रमहरु गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन नि । अब त्यसमा पनि अस्पतालका बिरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर संगठित अपराध, राष्ट्रद्रोहका मुद्दाहरु लगाउने काम गरिँदै छ । यो सबै सुरक्षाकर्मीले गर्दैन । यो सबैले निर्देशित हो ।’

देशमा अशान्ती निम्त्याउनको लागि सरकार लागि परेको समेत उहाँको आरोप छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट