
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताउएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अहिले काँग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा काँग्रेसले खबरदारी गर्नुपर्ने बताए। एमाले नेपाली काँग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए । दण्डहिनता दिनप्रतिदिन बढिरहेको बताए।
सांसद कोईरालाले भने, ‘राजनीतिमा अहिले धेरै कुरा छन् । ति कुरालाई ध्यानमा दिएर यो सरकार, जो अहिले सरकार छ । नेपाली काँग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि सरकारमा छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ । त्यो नगरे नेपाली काँग्रेस अफ्ठ्यारोमा पर्छ । यो सरकारले तीन वटा कुरा खासगरीः संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन वास्तवमा छैन भने पनि हुन्छ । सुशासन दिलाउनलाई कन्जुस्याँई नगरौँ । भ्रष्टाचारको म कुरा गर्दिन । दण्डहिनता बढेको बढ्यौ छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जानसक्छौँ भन्ने मलाई विश्वास छ ।’
सांसद कोईरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए। नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend