२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्छः उपप्रधानमन्त्री सिंह

शनिवार , चैत्र २९, २०८१

ललितपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पुर्खा दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने बताए। असल रितिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताए । उनले पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताए ।

उनले भने, ‘हाम्रो धर्मको बारेमा, हाम्रो संस्कृति, रितिरिवाज छ यसलाई जीवन्त राख्नका लागि यस्ता कार्यक्रमले टेवा पु¥याउने भएकाले यो कार्यक्रमको ठूलो महत्व छ, योगदान पु¥याउनका लागि धर्म संस्कृति जोगाउने, हाम्रा रितिरिवाजलाई जोगाउनका लागि र नयाँ पिडीँमा हाम्रा पुर्खाहरुले हामीलाई दिइएका जुन असल अभ्यासहरु छन्, असल संस्कृतिहरु छन्, मूल्य मान्यताहरु छन् तिनीहरुलाई आउने नयाँ पिडीहरुलाई दिनुपर्ने निरन्तरता हुनुपर्ने कारणले गर्दा पनि यस्ता पुस्तक विमोचन पनि भएको छ । यसबाट नयाँ जेनेरेसनलाई पनि आकर्षित गर्नुमा रुची हुनेहरुलाई त्यसमा अध्ययन गरेर धेरै कुराहरु थाहा हुने भएकाले यो पुस्तक लेखकज्यु र सहयोग पु¥याउने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट