२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

देश स्थायित्व, विकास र सुशासनको बाटोमा छ,राजतन्त्र ब्युँतने भ्रमबाट मुक्त होऔँ : प्रधानमन्त्री

शनिवार , चैत्र २९, २०८१

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् ।

नेकपा एमाले को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा स्टन्ट गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको टिप्पणी गरे ।

“देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट