२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज २०८१ साल चैत ३१ गते आइतबारको राशिफल

आइतवार , चैत्र ३०, २०८१

मेष : तपाईंको आजको दिन राम्रो छ। सहकार्यमा गरेको व्यापार बढ्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा आत्मबल बलियो बनाएर काम गर्नुपर्नेछ।

वृष : आज तपाईलाई परिवारको साथ मिल्नेछ। बोलीकै कारण काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गहिरो अध्ययन गर्नुपर्ने समय आएको छ। अप्रिय खबरले सुन्नुपर्ने हुनसक्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। प्राविधिक शिक्षामा भन्दा धार्मिक क्षेत्रमा मन जानेछ। परिवारभित्रबाट भन्दा बाहिरका व्यक्तिको साथ पाउँदा मन उत्साहित हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ।

कर्कट : जग्गा सम्बन्धी कारोबारमा आज मन्दी आउने छ। स्वास्थ्यको ख्याल नगर्दा जटिल समस्या देखिनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानीका स्रोत प्रशस्त छन्। एकल निर्णयले अवस्था जटिल बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा नयाँ सदस्य थप हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा कामको बोझ थपिने छ। जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

तुला : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। अवरोध हट्नेछ। मन प्रशन्न बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानी सार्थक बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुन्छ। स्वदेशमै रोजगारीका अवसर प्राप्त हुनेछन्। राजनीतिमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्नेछन्।

मकर : दिन सहज छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा तपाईंको विरोध हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। दान गरेर अगाडि बढ्नुपर्ने दिन छ। पिपलमा पानी चढाएर दिनको सुरुवात गर्नुपर्नेछ। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा भने समस्या हुनेछ।

मीन : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। सम्पत्तिका स्रोत प्रशस्त भए पनि स्वास्थ्यमा समस्या हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट