
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ ।
आइतबार तोलामा १ हजारले बढदै सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुन तोलामा एक लाख ८५ हजार रुपैयाँ पुगेको थियो । आज आइतबारको मूल्य अहिले सम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend