२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।

आईतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनैपनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताए ।

उनले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिला सबैको यसमा समावेशीता छ । त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भुमिका खेलेको छ । हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ । त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरु हुनुहुन्छ ।’

उनले काँग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । काँग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट