मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

‘राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन जरुरी: अध्यक्ष नेपाल

‘राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन जरुरी: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका हुन ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरे । सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै अध्यक्ष नेपालले नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो भएको औँल्याए ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै उनले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्ने बताए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend