
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १७ सय रुपैयाँ घटेको हो ।
आज मंगलबार सुन तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम कारोबार भैरहेको छ ।
चैत ३१ गते सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा सुनको मूल्य १७०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।
महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत ३१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend