२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

तोलामा १७ सय घट्यो सुन, कति पुग्यो ?

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १७ सय रुपैयाँ घटेको हो ।

आज मंगलबार सुन तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम कारोबार भैरहेको छ ।

चैत ३१ गते सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा सुनको मूल्य १७०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत ३१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट