२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

तीनकुने घटना र प्रेस स्वतन्त्रता हनन सम्बन्धमा नेपाल पत्रकार महासंघले गर्‍यो सम्पादकहरुसँग छलफल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको र प्रेस स्वतन्त्रता हननका सम्बन्धमा नेपाल पत्रकार महासंघले सम्पादकहरुसंग छलफल गरेको छ ।

सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने बताएका छन् । घट्नाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनअनुसार कारबाही गर्न महासंघले दबाब दिनुपर्ने उनीहरुको भनाइ छ ।

छलफलमा अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले राजावादीहरुको आन्दोलन लोकतान्त्रिक र शान्तीपूर्ण ढंगले गरिएको आन्दोलन नभएको बताए । उनले मुलुकको व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रहरुमा कुनै इमान्दारिता नभएको कारण प्रदर्शन हिंस्रक भएको बताए । उनले आन्दोलनको नेतृत्वलाई लक्षित गर्दै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भएको टिप्पणी गरे । उनले दुर्गा प्रसाईंको बल्खु आन्दोलनबाट नै तीनकुनेमा शान्तीपूर्ण आन्दोलन नहुने अनुमान गरिएपनि राज्य संयन्त्र चुकेको बताए । उनले अगामी दिनमा हुने आन्दोलनहरुमा पत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्न समेत आग्रह गरे । पछिल्लो समय समाचार संकलनमा जाने पत्रकारहरुमाथि असुरक्षा बढ्दै गएको उल्लेख गर्दै उहाँले महासंघ गम्भिर हुन जरुरी रहेको बताए ।

उनले भने, ‘त्यो अन्दोलन कुनै शान्तीपूर्ण रुपमा लोकतान्त्रिक माग राखेर गरिएको आन्दोलन थिएन । नैतिक रुपमा च्युत भएको नेतृत्वलाई जिम्मा लगाएर राजतन्त्र अथवा गणतन्त्र जे भनेपनि अन्ततः नेपालको नेतृत्वको साँचो सुम्पिने कुरा हो नि । व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रको त एउटा इमानदारिता हुनुप¥यो । संवैधानिक वा असंवैधानिक माग राखेपनि नेतृत्वमा एउटा आदर्श र इमानदारीताको खोजी हुने गर्छ । तर यो त असाध्यै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भयो । उनीहरुको बल्खु आन्दोलनबाटै यो आन्दोलन शान्तीपूर्ण हुदैन भन्ने थियो । यसमा राज्य चुकेको छ । राज्य चुकेको कारण हामी दुःखद् परिणाम समेत भोगिसकेका छौं । अब पनि विभिन्न प्रोटेस्ट हुनेवाला छन् । त्यसकारण नेपाल पत्रकार महासंघले नेतृत्व गरोस् । हामी साथ दिन तयार छौं । अहिले पत्रकारहरुमाथि नै ह्यारेसमेन्ट भइरहेको छ । रिपोर्टिङ गर्न जाँदा हुने जटिलतामा पनि महासंघले विचार गरिदियोस् ।’

कान्तिपुर पब्लिकेशनका उपसम्पादक जनकराज सापकोटाले सुरेश रजक मृत्यु प्रकरणलाई अपराधको रुपमा व्याख्या गर्दै न्यायिक माध्यमबाट न्यायका लागि पहल गर्न आग्रह गरे । उनले अगामी दिनमा हुने आन्दोलनहरुको रिपोर्टिङको लागि सेफ्टी टे«निङको व्यवस्था गर्न समेत माग गरे ।

उनले, ‘नेपाल पत्रकार महासंघले अभिभावकत्व लिएर सेफ्टी टे«निङको व्यवस्था गर्नुपर्छ । सुरेश रजकको घटनामा चाँही क्रिमिनल प्रोसिडिङ नै हो भन्ने हाम्रो माग हुनुपर्छ । महासंघले चाहीँ त्यसको छानविन गरेर क्षतिपुर्ति मात्रै माग गर्ने होइन कि त्यो क्राइम नै हो र त्यसको सत्यतथ्य छानविन गरेर दोषिलाई न्यायिक प्रोसेसबाट क्रिमिनलाइज गर्नुपर्छ भन्ने माग उठाउनुपर्छ जस्तो लाग्छ । अर्को कुरा एभिन्युज टेलिभिजनका हाकिमलाई पनि जवाफदेही बनाउनुप¥यो । उहाँ आफैंले त्यो आन्दोलनमा सहभागि हुन आह्वान गरेको पत्र नै देखिरहेका छौं नि । कि त त्यो गलत भयो भन्न सक्नुप¥यो । उनकै समर्थनमा भएको प्रदर्शनमा उहाँकै संस्थामा काम गर्ने व्यक्तिको मृत्यु भइरहेको छ भनेदेखि समाचार संस्था चलाउने मान्छेले सार्वजनिक रुपमा त्यस्तो आह्वान गर्न हुन्थ्यो कि हुँदैन्थ्यो ’

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरेश रजकको न्यायको लागि आवश्यक पहल भइरहेको बताए। आइन्दा प्रदर्शनहरुमा समाचार संकलनका लागि पत्रकार पठाउँदा सजग रहनुपर्ने बताए । उनले सम्पादकहरुको सुझाव र सल्लाका आधारमा महासंघ अघि बढ्ने विश्वास दिलाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट