मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend