मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

स्व.न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः सभापति देउवा

स्व.न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँको बसुन्धारामा नेका जिल्ला कार्यसमिति गोरखाले बुधबार आयोजना गरेको नेपाली कांग्रेसका नेता तथा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति एवं चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवालररासस

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली काँग्रेसका नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताएका हुन । उनले स्व.न्यौपानेलाई आफूले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गरे । उनले स्व.न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गर्नुभएको जिकिर गरे ।

सभापति देउवाले भने, ‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु । उहाँहरुको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली काँग्रेसमा सक्रिय भइ भुमिका खेल्नुभयो ।’

सोही अवसरमा सभापति देउवाले स्व.न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेट भएको र उनीमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend