२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कोशी प्रदेश लगानी सम्मेलनको तयारी पुरा: पर्यटन, उद्योग र आईटी क्षेत्र विशेष प्राथिकतामा

बुधवार , बैशाख ३, २०८२

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिएका हुन । सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उनले बताए ।

लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताए । उनले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे । राष्ट्रिय आयको वृद्धिमा यसले हयोग पुर्‍याउने चर्चा गर्दै विगतमा भएका लगानी सम्मेलनहरू को पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने मुख्यमन्त्री कार्कीले बताए ।

वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ। प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको छ।

लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए ।

लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरु संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइ रहेको उनले बताए । ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको उनले जानकारी दिए । लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताए ।

कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए । लगानी प्राधीकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पुर्वाधारमा १४ वटा योजना बनेका छन । यस्तै लगानी सम्मेलनमा कृषीका ९ उद्योगमा ९ वटा परियोजना समाबेस गरिएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेल्न मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन । यसै गरि सन्चालनमा रहेका केहि परियोजनालाई समेत सोकेशिङमा राखिएकोछ ।

कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवन कुमार तिमिल्सेनाका अनुसारसम्मेलन सफल बनाउन विभिन्न समितिहरू गठन भइसकेका छन् । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट