आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस

CPN (UML) General Secretary Shankar Pokhrel and Deputy General Secretary Pradip Gyawali hand over 99-point charter of suggestions to newly appointed Prime Minister KP Sharma Oli at the latter's office in Singha Durbar, Kathmandu, on Friday, July 19, 2024. Photo: RSS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिइएको महासचिव पोखरेलले अवगत गराए ।

उनले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनका लागी आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिइएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend